रामेछापमा भरुवा बन्दुक पड्किँदा एक जना घाइते

  • प्रकाशित मिति: बुधबार, जेष्ठ २ २०८१
  • तामाकोशी

रामेछाप । रामेछापमा भरुवा बन्दुक पड्किँदा ए एक जना घाइते भएका छन् । गत सोमबार बन्दुक खेलाउँदा खेलाउँदै अकस्मात् पड्किँदा जिल्लाको रामेछाप नगरपालिका–६ च्यास्कुका ५२ वर्षीय रामबहादुर तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । बन्दुकको छर्रा, बारुदले तामाङको पेटमा लागी घाइते भएको र उनलाई जिल्ला अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारको लागी पाटन अस्पताल काठमाडौँ पठाइएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार अहिले तामाङको अवस्था मध्यम छ । घटनापछि एक नाल भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने बारुद जस्तो देखिने धुलो पदार्थ समेत बरामद गरी घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।