रामेछापको कोलान्जोर स्थित सुनकोशी नदीमा डुबेर एक जनाको ज्यान गयो

  • प्रकाशित मिति: बुधबार, चैत्र २८ २०८०
  • तामाकोशी

रामेछाप । रामेछापको रामेछाप नगरपालिका–५ रामपुरको कोलान्जोर स्थित सु्नकोशी नदीमा डुबेर एक जनाको ज्यान गएको छ । मंगलबार बिहान ८ बजेको समयमा कोलान्जोर स्थित सुनकोशी नदीमा रामेछाप र सिन्धुली जोड्ने निर्माणाधीन पुलमा काम गर्ने मजदुरको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । नदीमा डुबेर मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका वडा नं ५ अकोटेका ५२ वर्षीय बलबहादुर लामाको ज्यान गएको प्रहरीले जनाएको छ ।