रामेछाप । रामेछापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङ हलेदेमा आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा बुधवार एक जनाको मृत्यु भएको हो ।
दुर्घटनामा लिखुतामाकोशी गाउँपालिका–४ घर भएका ५७ वर्षीय कमलबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते तामाङलाई उपचारको लागि सदरमुकाम मन्थली स्थित रामेछाप सामुदायिक अस्पतालमा ल्याइएकोमा उहाँको त्यहीँ मृत्यु भएको हो । प्रहरीका अनुसार घरबाट सदरमुकाम मन्थली तर्फ आउँदै गर्नुभएका तामाङ आफैले चलाएको वाग्मती प्रदेश ०२–०३४ ख ४१८० नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भएपछि दुर्घटनामा पर्नुभएको थियो । मृतकको शव पोस्टमार्टमको लागि मन्थली अस्पतालमा रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक शैलेन्द्र खड्काले बताउनुभयो ।
रामेछापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
- प्रकाशित मिति: बुधबार, पुष ११ २०८०
- तामाकोशी