मन्थली नगरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुँदै

  • प्रकाशित मिति: मंगलबार, पुष १९ २०७९
  • तामाकोशी

रामेछाप । मन्थली नगरपालिकाले नगर स्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्दै छ । मन्थली नगर खेलकुद विकास समितिको सोमबार सम्पन्न बैठकले सो निर्णय गरेको हो । नगर खेलकुद समितिको अध्यक्ष गोपालबहादुर माझी अध्यक्षतामा तथा नगर प्रमुख लब श्रेष्ठको प्रमुख आतिथ्यमा बसेको बैठकले नगर स्तरीय पुरुष भलिबल प्रतियोगिता फागुनको पहिलो हप्ता गर्ने निर्णय गरेको छ । बैठकले नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ महिनाको अन्तिम हप्तामा गर्ने निर्णय पनि गरेको छ । नगर पालिकाको वडा स्तरीय खेलकुद समिति गठन गर्न बाँकी वडामा पनि तत्काल समिति बनाउने बैठकले निर्णय गरेको छ । पुस महिनाको अन्तिमसम्म सबै वडामा वडा स्तरीय खेलकुद समिति बनाइसक्ने बैठकले निर्णय गरेको छ ।