सलाहको कीर्ति’मानी ह्या’ट्रिकमा लिभरपुलको फराकिलो जित (भिडियोसहित)

  • प्रकाशित मिति: बिहिबार, असोज २७ २०७९
  • तामाकोशी

एजेन्सी । युइएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब लिभरपुलले फराकिलो जित हात पारेको हो । उसले समूह ‘ए’ अन्तर्गतको खेलमा गएराति स्कटिस क्लब रेन्जर्सवि’रुद्ध ७–१ को जित हात पारेको हो ।

आइ’ब्रोक्स स्टेडियममा घरेलु टोली वि’रुद्ध लिभरपुललाई सहज जित दिलाउन मोहम्मद सलाहले ह्या’ट्रिक पूरा गर्दा रोबर्टो फिर्मिनोले २ तथा डार्विन नुनेज र हार्भे इलिओटले १–१ गोल गरे । रेन्जर्सका लागि स्कट अर्फिल्डले १ गोल गरे ।



खेलको १७ औं मिनेटमा अर्फिल्डको गोलमार्फत घरेलु टोलीले सुरुवाती अग्रता लिएको थियो । २४ औं मिनेटमा फिर्मिनोले लिभरपुललाई १–१ को बराबरीमा ल्याए । ५५ औं मिनेटमा फिर्मिनोले नै व्यक्तिगत दोस्रो गोल गर्दा पाहुना टोली २–१ ले अघि बढ्यो । ७७ औं मिनेटमा नुनेजले लिभरपुललाई ३–१ को अग्रता दिलाए । ७५,८० र ८१ औं मिनेटमा सलाहले गोल गर्दै ह्याट्रिक पूरा गरेपछि लिभुरपुल ६–१ ले अघि बढ्यो । सलाहले ६ मिनेट १२ सेकेन्डको अन्तरमा ह्या’ट्रिक पूरा गर्दै च्याम्पियन्स लिगमा सबैभन्दा छिटो ह्या’ट्रिक पुरा गर्ने कीर्ति’मान बनाएका छन् ।

यसअघि यो कीर्तिमान फ्रेन्च क्लब लियोनका बाफेटिम्वी गोमिसको नाममा रहेको थियो । उनले सन् २०११ मा डिनामो जाग्रिववि’रुद्ध ७–१ को जितमा ८ मिनेटको अन्तरमा ह्या’ट्रिक पूरा गर्दै यो उपलब्धि हात पारेका थिए । ८७ औं मिनेटमा इलिओटले गोल गर्दै पाहुना टोलीलाई ७–१ को फराकिलो जित दिलाए । यो जितसँगै ४ खेलमा ९ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा रहँदा पराजयसँगै समान खेलबाट विना अंक पुछारमा रहेको रेन्जर्स समुह चरणबाटै बाहिरिएको छ ।

https://www.youtube.com/watch?v=umtp_iTU4pI