ट्रेलरमा ‘सिल्ली फो’ (भिडियोसहित)

  • प्रकाशित मिति: मंगलबार, असार ७ २०७९
  • तामाकोशी

काठमाडौं– असार ३१ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘सिल्ली फो’ को ट्रेलर सार्वजनिक गरिएको छ । कमेडी जनरामा निर्माण भएको यो फिल्ममा पैसा कमाउन भौंतारिरहेका पात्रहरुको कथावस्तु चित्रण गरिएको छ । यो फिल्ममा अभिनेत्री केकी अधिकारीले भने फिल्म क्षेत्रमा अभिनेत्रीकमो रुपमा स्थापित हुन संर्घषरतत यूवतीको भूमिका निर्वाह गरेकी छन् ।

राज बहादुर सानेद्वारा निर्देशित यो फिल्मको टे«लरले दर्शकलाई फुल मनोरञ्जन दिने प्रयास गरेको छ । कमेडी जनरामा पहिलो पटक काम गरेकाले आफूले सिल्ली फोबाट धेरै कुरा सिक्न पाएको निर्देशक सानेको भनाइ छ । ह्याप्पी फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्ममा मनोज डिके निर्माता तथा विशाल श्रेष्ठ सह–निर्माताको रुपमा छन् । यो फिल्ममा केकी अधिकारीसंगै रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र पोखरेल (मामाजी), अनिता श्रेष्ठ, सरस्वती रम्जाली मगर, रेजिना थापा, राज गौतम (केशव), अम्बर बहादुर विष्ट (सागर), सौजन बोहोरा, जयमन बिश्वकर्मा आदि कलाकारले अभिनय गरेका छन् ।



 

यो फिल्ममा दिव्य सुवेदी, वीरेन्द्र परियार तथा नरेन्द्र आलेको छायांकन, देव महर्जनको द्वन्द, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत,तारा थापा ‘किम्भे’ को सम्पादन, अनन्त घिमिरेको कलर, मदन बास्तोलाको भीएफएक्स छ भने सार्वजनिक ट्रेलर साहिल खानले तयार पारेका हुन् । श्रीराम बालाजी फिल्म्सले वितरण गर्ने यो फिल्मको डिजिटल राइट्स साइराम पिक्चर्सले किनेको छ ।

https://www.youtube.com/watch?v=XR9fJtKmn9Y