लुम्बिनी प्रदेशको पोल्टामा यु–१९ क्रिकेट प्रतियोगिताको उपाधि

  • प्रकाशित मिति: आइतबार, मंसिर १९ २०७८
  • तामाकोशी

काठमाडौँ, मंसिर १९ गते । वाइवाइ यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । कीर्तिपुरमा रहेको त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आइतबार भएको उपाधि भिडन्तमा लुम्बिनीले सुदूरपश्चिम प्रेशलाई ११३ रनले पराजित गरेको हो ।

पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा २१२ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको सुदूरपश्चिम २८.३ ओभरमा सबै विकेट गुमाएर ९९ रनमा अलआउट भयो । उपाधि जितेको लुम्बिनीले दुई लाख रुपैयाँ प्राप्त गर्‍यो भने उपविजेता सुदूरपश्चिमलाई एक लाख रुपैयाँ दिइयो । प्रतियोगितामा च्याम्पियन लुम्बिनीका मोहम्मद हुसेन ‘प्लेयर अफ दी टुर्नामेन्ट’ घोषित भए । उनी ‘बेस्ट बलर’ समेत बने ।



लुम्बिनीकै देव खनालको पोल्टामा ‘बेस्ट ब्याट्समयान’को उपाधि पर्‍यो ।