सिन्धुपाल्चोकमा बस दुर्घटना : एक जनाको मृत्यु

  • प्रकाशित मिति: बुधबार, कार्तिक २४ २०७८
  • तामाकोशी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु–७ इचोकबाट काठमाण्डौका लागि छुटेको यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । सिन्धु हेलम्बु यातायात प्रालिको बा ४ ख ५८१५ नं को बस हेलम्बुको इचोकमा बुधबार बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा हेलम्बु–३ पाल्चोककी ५५ वर्षीया पासाङ तामाङको ज्यान गएको इलाका प्रहरी कार्यालय हेलम्बुले जानकारी दिएको छ । घाइते हुनेमा हेलम्बु–६ का अनुज तामाङ, त्यही ठाउँका पासाङ दोर्जे, साजन तामाङ, जङ्बु तामाङ, हेलम्बु–७ का आयुष पण्डित रहेका इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी नायब निरीक्षक सुनिल थापाले जानकारी दिनुभयो । घाइतेको उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ । ब्रेक फेल भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय हेलम्बुले जानकारी दिएको छ ।