कोपा फाइनलः पहिलो हाफमा अर्जेन्टिनालाई १-० को अग्रता

  • प्रकाशित मिति: आइतबार, असार २७ २०७८
  • तामाकोशी

एजेन्सी । कोपा अमेरिका फुटबलको फाइनलमा अहिले ब्राजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा भईरहेको छ ।

माराकाना स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा अर्जेन्टिनाले १-० गोलको अग्रता बनाएको छ । खेलको २२ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका हुन् । उनले रोड्रिगोको पासमा उत्कृष्ट गोल गरे ।



बल पोसेसनमा पकड जमाएपनि ब्राजिलले पहिलो हाफमा गोल फर्काउन सकेन । आज दुबै टिम उपाधि उचाल्ने योजनामा रहेका छन् ।