काठमाडौं । यूरोपियन च्याम्पियनसिपको १६ औं संस्करणको क्वाटरफाईनलका खेलहरु आज शुक्रवारदेखि प्रारम्भ हुँदैछ । आज पहिलो दिन दुई खेलहरु हुनेछन् ।
जस अनुसार नेपाली समय अनुसार आज राति ९ः४५ बजे स्विट्जरल्यान्ड विरुद्ध स्पेनले रुसको सेन्ट पिटर्सवर्ग रंगशालामा खेल्ने छ भने नेपाली समय अनुसार राति १२ः४५ बजे बेल्जियमले इटाली विरुद्ध जर्मनीको म्युनिख रंगशालामा खेल खेल्दैछ ।
२०१८ को विश्वकपको लागि बनाईएको क्रेटोसकी स्टेडियम, सेन्ट पिटर्सवर्ग रंगशालालाई ग्याजप्रोम एरिनाको नामले समेत चिनिन्छ । यो रंगशालाको कुल दर्शक क्षमता ६९,००० रहेको छ । यसको मर्मत खर्च मात्र ९ सय ३० मिलियन युरो रहेको थियो । यस रंगशालामा समुह चरणका तीन खेलहरु खेलाइएका थिए भने क्वार्टर फाईनलको स्विट्जरल्यान्डविरुद्ध स्पेनको खेल हुनेछ ।
बार्यन म्युनिखमा अवस्थित एलिञ्ज एरिना, म्युनिख रंगशालाको कुल दर्शक क्षमता ६७,८१२ रहेको छ । यस रंगशालामा पहिलो चरणको तीन जर्मन राष्ट्रिय टोलीको खेल खेलाइएको थियो भने क्वार्टरफाईनलको आजको बेल्जियमविरुद्ध इटालीको खेल हुनेछ । एलिञ्ज एरिनालाई विश्वकै एक उच्च श्रेणीको रंगशाला र बार्यन म्युनिखको शान मानिन्छ ।