बहुप्रतिक्षित जर्मनी र पोर्चुगलबीचको खेल आजः यस्तो छ हेड टु हेड

  • प्रकाशित मिति: शनिबार, असार ५ २०७८
  • तामाकोशी

काठमाडौं । युरोकपमा जर्मनी र पोर्चुगलबीच बहुप्रतिक्षित खेल आज हुँदैछ । नेपाली समय अनुसार आज राति पौने १० बजे यी दुई टिमबीच खेल हुन लागेको हो ।

अन्तिम १६ मा जाने सम्भावनालाई बलियो बनाउने भएकोले पनि दुवैका लागि यो खेल महत्वपूर्ण हुनेछ । पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३–० गोलले पराजित गरेको थियो ।



तर, जर्मनी पहिलो खेलमा फ्रान्ससँग १–० गोलले पराजित भएको थियो । त्यसैले आजको खेलमा जर्मनीलाई जित्नैपर्ने दबाब छ । पोर्चुगलसँग हारे जर्मनीको अर्को चरण प्रवेशको सम्भावना कमजोर हुनेछ ।

जर्मनी र पोर्चुगलबीच अहिलेसम्मका १८ खेलमा १० खेल जर्मनीले जित्दा पोर्चुगलले ३ खेल जितेको छ । यी दुईबीच पाँच खेल बराबरी भएको छ ।