कोपा अमेरिकामा आजः कोलम्बियाविरुद्ध भेनेजुएला, कडा प्रतिस्पर्धा हुदै

  • प्रकाशित मिति: मंगलबार, असार १ २०७८
  • तामाकोशी

एजेन्सी। कोपा अमेरिका फुटबल प्रतियोगितामा आज राती कोलम्बियाले भेनेजुएलाको सामना गर्दैछ। स्टाडियो ओलिम्पिको रंगशालामा हुने खेल नेपाली समयअनुसार राती २ः४५ बजेदेखि सुरु हुनेछ।

त्यस्तै प्रतियोगिताको दोस्रो खेलमा भोली बिहान ब्राजिल र पेरु भिड्दैछन्। ओलम्पिक रंगशाला ब्राजिलमा हुने खेल नेपाली समयअनुसार बिहान ५ः४५ बजेबाट सुरु हुनेछ।



यसअघिको पहिलो खेलमा ब्राजिलले भेनेजुएलालाई ३–० ले र कोलम्बियाले इक्वेडरलाई १–० ले पराजित गरेको थियो।