एजेन्सी । लामो समययता चर्किएको आन्दोलनका कारण कोपा अमेरिका २०२१ को को होस्टबाट कोलम्बिया बाहिरिएको छ।
अर्जेन्टिनामा र कोलम्बियामा संयुक्त रुपमा हुने भनिएको प्रतियोगिता पछिल्लो समय सरकारविरुद्धमा जारी आन्दोलनका कारण कोलम्बियामा नहुने भएको हो।
यसअघी नोभेम्बरमा पनि कोलम्बियाबाट खेल सार्ने प्रस्ताव गरिए पनि साउथ अमेरिकन फुटबल फेडेसनले यो असम्भव भन्दै अश्विकार गरेको थियो। यद्यपि, कन्मेबोल कोलम्बियामा हुने तय भएको खेल कहाँ हुने भनेर केही दिनमा जनाकारी दिएको छ।
यसपटक कोपा अमेरिका दुई समूहमा विभाजन गरेर खेलाइनेछ। समूह ‘ए’ मा अर्जेन्टिना, बोलिभिया, चिली, पाराग्वे र उरुग्वे छन्। समूह ‘बी’ मा ब्राजिल, कोलम्बिया, इक्वेडर, पेरु र भेनेजुएला छन्। दुवै समूहका शीर्ष चार टोली क्वाटरफाइनल प्रवेश गर्नेछन्।