लिभरपुलले अर्को बर्ष च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ ६ २०७८
  • तामाकोशी

काठमाण्डौ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष चारमा प्रवेश गरेको छ ।

बर्नलीलाई ३-० गोलले पराजित गर्दै लिभरपुलले अर्को बर्ष च्याम्पियन्स लिग खेल्ने सम्भावनालाई बलियो बनाएको हो । लिभरपुलका लागि फिर्मिनो, फिलिस्प र अक्सलाइ चेम्बरलिनले एकरएक गोल गरेका हुन् । जितसँगै लिभरपुल ६६ अङ्कसहित चौथो स्थानमा रहेको छ ।



यस्तै एभर्टनले वुल्भ्स्लाई १-० गोलले पराजित गरेको छ भने न्यू क्यासलले सेफिल्ड युनाइटेडलाई १-० गोलले हराएको छ । एस्टोन भिल्लाले टोटन ह्यामलाई २-१ गोलले पराजित गरेको छ ।

यस्तै क्रिस्टल प्यालेससँगको खेलमा आर्सनल ३-१ गोलले विजयी भएको छ । लिगमा छनोट हुने आशासहित मैदानमा उत्रिएको वेष्ट ह्याम युनाइटेडले वेस्ट ब्रुमलाई ३-१ गोलले पराजित गरेको छ । इङ्ग्लिस प्रिमियर लिगको उपाधि भने म्यानचेस्टर सिटीले जितिसकेको छ ।