युरो २०२० का लागि बेल्जियमको टोली सार्वजनिक (नामसहित)

  • प्रकाशित मिति: मंगलबार, जेष्ठ ४ २०७८
  • तामाकोशी

एजेन्सी । ११ जुनदेखि सुरू हुने युरोकप फुटबलका लागि विश्व वरीयताको शीर्ष स्थानको बेल्जियमले २६ सदस्यीय टोली सार्वजनिक गरेको छ ।

मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले सार्वजनिक गरेको २६ खेलाडीको सूचीमा गोलकिपर टिवाउट क्वार्टुवा, केभिन डी ब्रुयना, रोमेलु लुकाकु र कप्तान इडेन हाजार्डले पनि स्थान बनाएका छन् ।



तर, म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी अड्नान यानुजाइले भने स्थान बनाउन सकेनन् ।

बेल्जियमको टोली
गोलकिपरः टिवाउट क्वार्टुवा, सिमोन मिन्योलेट, म्याट्ज सेल्स

डिफेन्डर्सः टोबी अल्डेर्वेरल्ड, डेड्रिक बोयटा, जेसन डेनायर, थोमस भर्मालेन, यान भेट्रोङ्घन

मिडफिल्डर्सः यानिक कारास्को, टिमोथी क्यासटाइन, नसेर च्याड्ली, थ्रोगन हाजार्ड, थोमस म्युनियर, केभिन डी ब्रुयना, लिएन्डर डेन्डोन्कर, डेन्निस प्राएट, युरी टिलेमान्स, हान्स भेनाकन, एलेक्स विस्टेल

फरवार्डः जरेमी डोकु, इडेन हाजार्ड, द्रिएस मर्टेन्स, लिएन्ड्रो ट्रोस्सार्ड, मिचि बात्सुवायी, क्रिस्टियन बेन्टेके, रोमेलु लुकाकु