एजेन्सी। स्पेनिस ला लिगामा आज शीर्ष स्थानको एट्लेटिको मड्रिड र बार्सिलोना तेस्रो स्थानको बार्सिलोनाबीच सिजनकै महत्वपुर्ण भिडन्त हुदैछन्।
बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा हुने खेल नेपाली समयअनुसार बेलुका ८ बजेदेखि सुरु हुनेछ। बार्सिलोनाले आजको खेलमा एट्लेटिकोलाई पराजित गरे लिगको शीर्ष स्थानमा उक्लँदै आफ्नो उपाधि सम्भावनालाई बलियो बनाउनेछ।
लिगको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडको ७६ अङ्क रहेको छ भने समान खेलबाट बार्सिलोनाको ७४ अङ्क रहेको छ ।