च्याम्पियन्स लिगः कस्ले मार्ला बाजी ? रियल मड्रिड कि शाख्तर

  • प्रकाशित मिति: मंगलबार, मंसिर १६ २०७७
  • तामाकोशी

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा आज रियल मड्रिडले शाख्तर डोनेस्कसँग भिड्दै छ ।

युक्रेनी क्लब डोनेस्कको घरेलु मैदानमा हुने दुई टिमबीचको खेल नेपाली समय अनुसार राति ११ः४० बजे शुरु हुनेछ । रियल युक्रेनी क्लब पराजित गर्दै नकआउट चरणको नजिक पुग्न चाहन्छ । समूह बी मा रहेको रियल ४ खेलमा ७ अंक जोडेर लिगको दोस्रो स्थानमा रहेको छ । शाख्तर ४ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।



शाख्तर पनि रियललाई हराएर नकआउट पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।
एजेन्सी