काठमान्डौं । जारी इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटअन्तर्गत आइतबार हुने पहिलो खेलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबीच केहिबेरमा प्रतिस्पर्धा गर्दै छ।
नेपाली समयअनुसार पौने ४ बजे सुरु भएको खेलमा हैदराबादले टस जितेर पहिला बलिङ गरिरहेको छ। दुवै टोली जित हात पार्नुपर्ने दबाबमा छन्। कोलकाता ८ खेलबाट ८ अंक जोडेर चौथो स्थानमा छ। ८ खेलबाट ६ अंक भएको हैदराबाद पाँचौँ स्थानमा छ। प्ले अफमा पुग्न शीर्ष चारमा रहनु पर्ने भएकाले दुवै टोली दबाबमा छन्। ९ खेलपछि दिल्ली क्यापिटल्सको १४ र रोयल च्यालेन्जर्स बैंगलोरको १२ अंक छ।
८ खेल खेलेको मुम्बई इन्डियन्सको १२ अंक छ। आइतबार हुने दोस्रो खेलमा मुम्बई र किङ्स इलेभेन पन्जाब भिड्दैछन्। बल बाइ बल लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस् ।