एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) को ३३ औं खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र राजस्थान रोयल्सबीच प्रतिस्प’र्धा हुँदैछ । खेल नेपाली समय अनुसार ३ः ४५ पछि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।
बेंगलोर छैटौं र राजस्थान चौथो जितको खोजिमा छन् । बेंगलोर ८ खेलमा ५ मा जित र ३ मा हार सहित १० अंकका साथ तेस्रो स्थानमा छ । राजस्थान ८ खेलमा ३ मा जित र ५ मा हार सहित सातौं स्थानमा छ । राजस्थानलाई प्ले अफको सम्भा’वना बलियो बनाउन आजको खेलमा जित निकाल्नै पर्ने छ । राजस्थान आजको खेलमा परा’जित भए अंक गणीतिय समिकरणमा निर्भर हुनुपर्ने हुन्छ ।
यसअघि जारी सिजनको पहिलो खेलमा बेंगलोरले राजस्थानलाई ८ विकेटले पराजित गरेको थियो । आबूधाबीमा भएको उक्त खेलमा राजस्थानले प्रस्तुत गरेको १ सय ५५ रनको विजयी लक्ष्य बेंगलोरले पाँच बल अगाडि २ विकेटको क्षतिमा पूरा गरेको थियो । उक्त खेलमा कप्तान विराट कोहली ७२ रनमा अविजित रहेका थिए । बेंगलोर पहिलो खेलको नतिजालाई दुबईमा निरन्तरता दिन चाहाँन्छ । राजस्थान पहिलो खेलको गल्तीबाट पाठ सिक्दै दोस्रो खेलमा जित निकाल्ने रणनीतिका साथ मैदान प्रवेश गर्ने छ ।
वर्तमान समयमा विश्व क्रिकेट जगतमा विराट कोहली र स्टिभ स्मिथ मध्य को सर्वोत्कृष्ट ब्याट्सम्यान भन्ने चर्चा चल्दै आएको छ । त्यसैले यस खेललाई कोहली र स्मिथबीचको प्रतिस्प’र्धाको रुपमा समेत हेरिएको छ । आजको खेलमा दुबै खेलाडी आफू अब्बल कप्तान र ब्याट्सम्यान भएको सावित गर्न चाहान्छन् । बल बाइ बल लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस् ।