फ्रान्सद्धारा क्रोएसियामाथि रोमान्चक जित (भिडियो सहित)

  • प्रकाशित मिति: बिहिबार, असोज २९ २०७७
  • तामाकोशी

काठमाडौँ । यूईएफए नेसन्स लिगमा फ्रान्सले क्रोएसियामाथि सहज जित निकालेको छ। क्रोएसियाको काक्सिमिर रंगशालामा बुधबार राति सम्पन्न खेलमा फ्रान्सले २–१ को जित निकालेको हो।

फ्रान्सको जितमा एन्टोनी ग्रिजम्यान र केलियन एम्बाप्पेले एकरएक गोल गरे । खेलको आठौं मिनेटमै फ्रान्सका मिडफिल्डर ग्रिजम्यानले गोल गर्दै सुरुवाती अग्रता दिलाएको खेलमा दोस्रो गोलका लागि दोस्रो हाफसम्म कुर्न पर्‍यो । दोस्रो हाफमा दुवै टिमले १–१ गोल गरे। ६४औं मिनेटमा क्रोएसियाका निकालो व्लासिचले गोल गर्दै खेल बराबरीमा ल्याए ।



७९औं मिनेटमा लुकास डिग्नीको पासमा एमबाप्पेले गोल गर्दै फ्रान्सको जित सुनिश्चित गरे ।