एजेन्सी । विश्वकप विजेता फ्रान्सले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज (बुधबार) राति यु’क्रेनसँग खेल्दै छ । खेल फ्रान्सको घरेलु मैदान स्टाडे डी फ्रान्समा नेपाली समयअनुसार राती १२ः५५ बजे सुरु हुनेछ ।
यी दुई टोली २०१३ को विश्वकपको प्ले-अफपछि पहिलोपटक आमने-सामने हुन लागेका हुन् । दुवै टोलीले नेसन्स लिग पूर्ण मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् । लिगको सुरुवाती दुई खेलमा उत्कृष्ट सुरुवात गरेको फ्रान्स तेस्रो खेलमा समूहकै बलियो मानिएको पोर्चुगललाई परा’जित गर्दै समूहको शीर्ष स्थानमा रहन चाहन्छ । यता युक्रेनले भने दुई खेलमा एकमा जित र एक खेलमा हार व्यहोरेको थियो । हेड टु हेडमा विश्वकप विजेता फ्रान्स युक्रेनमाथि निकै बलियो देखिएको छ । १९९९ को युईएफए युरोपियन च्याम्पियनसिपबाट एक अर्कावि’रुद्ध मैदान उत्रिन सुरु गरेका यी दुई टोलीले हालसम्म ९ खेल खेलेका छन् । जसमा फ्रान्सले पाँच खेलमा जित निकालेको छ भने मात्र एक खेल गुमाएको छ । दुवै टोलीले तीन खेल बराबरी खेलेका छन् ।
फ्रान्स १५ नोभेम्बर २०१३ मा भएको विश्वकप प्ले-अफ खेलमा यु’क्रेनसँग पराजित भएको थियो । सो खेल फ्रान्सले २-० ले गुमाएको थियो । त्यस्तै आज राति नै हुने अर्को खेलमा इटाली र मोल्डोभा, नेदरल्यान्डस् र मेक्सिको, पोल्यान्ड र फिनल्यान्डले एक-अर्कावि’रुद्ध खेल्दै छन् । खेल नेपाली समयअनुसार राति साढे १२ बजे सुरु हुनेछन् ।