एजेन्सी । स्पेनिस ला लिगामा आज (आइतबार) विभिन्न ६ खेलमा प्रतिस्प’र्धा हुदैछ । ला लिगाको यो तेस्रो राउन्डको खेल भएपनि क्याटलान क्लब बार्सिलोनाले नयाँ सिजनको ला लिगामा पहिलो खेल खेल्दैछ ।
बार्सिलोनाले घरेलु मैदान नोउक्याम्पमा भिल्लारियलसँग प्रतिस्प’र्धा गर्दैछ । खेल नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । च्याम्पियन्स लिगमा प्रतिस्प’र्धा गरेका बार्सिलोनाले ला लिगामा थप विश्रा’म पाएको थियो । भिल्लारियलले भने दुई खेल खेलिसकेको छ । घरेलु मैदानमा बार्सिलोना भिल्लारियललाई परा’जित गर्दै सुखद सुरुवात लिने दाउमा हुनेछ ।
नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको प्रशिक्षणमा बार्सिलोनाले ला लिगामा पहिलो खेल खेल्न लागेको हो । कप्तान लियोनेल मेस्सी नै टोलीको लागि मुख्य हति’यार हुनेछन् । यस्तै बार्सिलोनासँग एन्टोइन ग्रिजमन, फिलिपे कौटिन्हो, अन्सु फाती, फ्रान्की डि जोङ, सर्जियो बुस्क्वेट्स, जोर्डी अल्वा, क्लेमेन्ट लेङ्लेट, जेरार्ड पिके र सर्जियो रोबर्टो रहनेछन् । चोटका कारण पहिलो रोजाईका गोलरक्षक मार्क आन्द्रे टेर स्टेगन टोलीमा नरहँदा बार्सिलोनाको पोस्ट नेटोले सम्हाल्न सक्ने सम्भावना छ । प्रि–सिजनमा शत प्रतिशत जित निकालेका कारण पनि बार्सिलोना आशावादी भएर मैदान उत्रनेछ ।
यता, ला लिगामा दुई खेल खेलिसकेको भिल्लारियल अपरा’जित यात्रालाई निरन्तरता दिने दाउमा रहँदा बार्सिलोनालाई उसकै मैदानमा स्त’ब्ध पार्ने सोचमा रहनेछ । ला लिगाको पहिलो खेलमा नवप्रवेशी एसडी हुएस्कासँग १–१ गोलको बराबरी खेलेको भिल्लारियलले दोस्रो खेलमा एइवरलाई २–१ ले पराजित गरेको थियो । भिल्लारियलसँग जेरार्ड मोरेनो, पाको अल्कासेर, मोइ गोमेज, ताकेफुसा कुवो, ड्यानियल पारेजो, पोउ टोरेस, मारियो गास्पर र गोलरक्षक सर्जियो एसेन्जो रहनेछ । यि दुई टोली २० पटक आमनेसमाने हुँदा भिल्लारियलले हालसम्म जित हात पार्न सकेको छैन ।
भिल्लारियल बार्सिलोनासँगको हा’रको श्रृंखला तोड्ने योजनमा हुनेछ । यस सिजन खुलेर खर्च गरेको भिल्लारियलविरुद्ध खेल्न बार्सिलोनालाई सहज हुने छैन । अझ बार्सिलोनाको चिर परिचित प्रतिद्व’न्द्वी रियल म्याड्रिडबाट युवा विंगर कुबो भिल्लारियलबाट खेल्दैछन् । कुबो बार्सिलोनाकै एकेडेमीमा हुर्केका कारण पनि खेलमा रोमान्च थप्ने अपेक्षा गरिएको छ ।
बार्सिलोनाले १६ खेल आफ्नो पक्षमा पार्दा ४ खेल बराबरीमा टुंगिएको छ । बार्सिलोना भिल्लारियलमाथिको अपरा’जित यात्रालाई निरन्तरता दिने योजनमा हुनेछ ।
आज बार्सिलोनाको लालिगामा सिजनको पहिलो खेल, भिल्लारियलसंग
- प्रकाशित मिति: आइतबार, असोज ११ २०७७
- तामाकोशी