काठमाडौँ । पिएसजीका अर्जेन्टिनी फुटबलर एन्जल डी मारियालाई चार खेलको प्रति’बन्ध लगाइएको छ । सेप्टेम्बर १४ मा मार्सेलीवि’रुद्धको खेलमा भएको विवा’दमा पाँच खेलाडीले रातो का’र्ड पाएका थिए । तर मारियालाई भने अहिले आएर फ्रेन्च फुटबल फेडेरेसनले चार खेलको प्रति’बन्ध लगाएको हो ।
मारियाले मार्सेलीका डिफेन्डर अल्भारो गोन्जालेजमाथि थुकेको आरो’प लागेको थियो । उनलाई त्यति बेला रेफ्रीले कुनै सजाय नदिए पनि मार्सेलीका म्यानेजरले मारियाले आफ्ना खेलाडीमाथि थु’केको आरो’प लगाएका थिए । फ्रेन्च फुटबल फेडेरेसनले सो विषयमा अनुसन्धान गरेपछि मारियालाई दोषी ठहर गर्दै फ्रेन्च लिग वानका चार खेलमा प्रति’बन्ध लगाएको हो । १-० ले पिएसजी हारेको सो खेलमा खेलाडीहरुबीच झग’डा हुदा पिएसजीका नेइमार, लेभं कुर्जावा र लीनड्रो पारेडेज तथा मार्सेलीका जोर्डन अमाभी र डारियो बेनेडेटोले रातो का’र्ड पाएका थिए ।
मारियाको प्रतिबन्ध आगामी मंगलबारदेखि लागु हुने बताइएको छ । अब मारिया पिएसजीको रेइम्सविरुद्धको खेल खेल्न पाउने छन् भने त्यसपछिका चार खेल गुमाउदै उनी नोभेम्बर ८ मा पात्र पिएसजीका लागि खेल्न पाउने भएका छन् ।