आईपीएलः टस जितेको चेन्नई राजस्थानविरुद्ध बलिङ गर्दै (बल बाइ बल लाइभ)

  • प्रकाशित मिति: मंगलबार, असोज ६ २०७७
  • तामाकोशी

काठमाण्डौ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत अहिले राजस्थान रोयल्स र चेन्नई सुपर किङ्ग्स खेल्दै छन् । टस जितेको चेन्नईले पहिले बलिङ गर्ने निर्णय गरेको छ । महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नई लगातार दोस्रो जित निकाल्ने दाउमा छ भने स्टिभ स्मिथको कप्तानीमा मैदान उत्रने राजस्थान चेन्नईलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ ।
पछिल्लो पाँच भेटमा भने राजस्थानले चेन्नईविरुद्ध एकमात्र जित निकालेको छ । अघिल्लो संस्करणको दुई भेटमा चेन्नईले राजस्थानलाई हराएको थियो ।
यस्तो छ राजस्थानको प्लेइङ ११
यशस्वी जयसवाल, रबिन उथापा, सन्जु सामसन, स्टेभेन स्मिथ, डेभिड मिलर, रियान पराग, श्रेयस गोपाल, टम करन, राहुल टेवटिया, जोफ्रा आर्चर र जयदेव उनादकाट ।
यस्तो छ चेन्नईको प्लेइङ ११
मुरली विजय, शेन वाट्सन, फाफ डु प्लेसी, रुतुराज गायकवाद, एमएस धोनी, केदार जाधव, रवीन्द्र जडेजा, सम करन, दीपक चाहर, पीयूष चावला र लुङ्गी एन्गिडी ।
बल बाइ बल लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस्