काठमाडौं । भदौ २१ गते,
क्यारेबियन प्रिमियर लिग (सिपीएल) अन्तर्गत सन्दीप लामिछाने आबद्ध जमैका तल्लावाज बार्बाडोस ट्राइडेन्ससँग ७ विकेटले पराजित भएको छ । योसँगै जमैकाले फाइनल प्रवेशका लागि सेमिफाइनलमा सेन्ट लुसिया जुक्र्ससँग प्रतिस्पर्धा गर्नु पर्ने भएको छ । जितका लागि १ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको बार्बाडोसले १८ ओभर २ बलमा ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै पाँचौ स्थानमा रहेर यस सिजन सम्पन्न गरेको छ । बार्बाडोसका लागि जोनाथन कार्टरले ४२ रन बनाएका थिए भने कप्तान जेसन होल्डरले ६९ रनको योगदान दिए । यसैगरी मिचेल सान्टनार २१ बलमा ३ चौका र २ छक्का सहित ३५ रनमा अविजित रहँदै जित पक्का गरे । त्यसअघि ब्रायन लारा स्टेडियममा टस जितेर ब्याटिङ रोजेको जमैकाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६१ रन बनाएको थियो । जमैकाले सन्दीपलाई नवौं औं ओभरमा बलिङमा ल्याएको थियो । ४ ओभर खेलेका सन्दीपले १ विकेट लिन भने सफल रहे ।
सन्दीप लामिछाने आबद्ध जमैका पराजित
- प्रकाशित मिति: आइतबार, भाद्र २१ २०७७
- तामाकोशी