राखेप सदस्य सचिव सिलवाललाई अर्काे तनावः नियुक्त गर्नुको कारण देखाउन सर्वोच्चको आदेश

  • प्रकाशित मिति: बुधबार, साउन १४ २०७७
  • तामाकोशी

काठमाण्डौ, साउन १४ गते । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा रमेशकुमार सिलवाललाई नियुक्त गर्ने सरकारको निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ ।
पूर्व खेलाडी तथा प्रशिक्षक टीकादत्त दाहालले सिलवाल नियुक्तिको निर्णय बदरको माग गर्दै सर्वोच्चमा दायर गरेका रिटमा न्यायाधीश आनन्द मोहन भट्टराईको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।
अदालतले १५ दिनभित्र लिखित जवाफ पेस गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र युवा तथा खेलकुद मन्त्रालयका नाममा आदेश जारी गरेको छ ।