काठमाण्डौ । असार ९ गते,
टेनिस स्टार नोभाक जोकोभिचमा कोरोना सङ्क्रमण देखिएको छ । नोभाकले आफूमा कोभिड–१९ को सङ्क्रमण देखिएको बताएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । टेनिस स्टार जोकोभिचका पत्नीमा पनि कोरोना पोजेटिभ पाइएको छ । बेलग्रेड पुग्नेबित्तिकै जोकोभिच, उनको परिवार र उनको टिमका सदस्य सबैको कोरोना जाँच गराइएको थियो । उनी अहिले टेनिसको विश्व वरीयतामा शीर्ष स्थानमा छन् ।
टेनिस स्टार नोभाक जोकोभिचलाई कोरोना सङ्क्रमण
- प्रकाशित मिति: मंगलबार, असार ९ २०७७
- तामाकोशी