जुन ५ अर्थात विश्व वातावरण दिवस । ४६ वर्ष अघि सन् १९७४ जून ५ देखि विश्वलाई पर्यावरणको सुरक्षा किन चाहिन्छ भन्ने कुरा जानकारी गराउन अन्तराष्ट्रिय रुपमा विश्ववातावरण दिवस मनाउन लागिएको हो । वातावरण संरक्षणका लागि विश्व भरी राजनैतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन् १९७२ जुन ५ देखि १६ सम्म संयुक्त राष्ट्र संघको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । संयुक्त राष्ट्र संघद्वारा घोषित दिवस पर्यावरण प्रति राजनैतिक र सामाजिक जागृत ल्याउने उद्देश्यले सदस्य राष्ट्रहरुले मनाउदै आइरहेका छन् । सन् २००० देखि नेपालले पनि विभिन्न कार्यक्रम तथा अभियानहरु संचालन गरी मनाउदै आइरहेको छ । यस वर्ष “सुरक्षित जीवनका लागि जैविक विविधता”भन्ने मूलनाराका साथ नेपालमा मनाइदै छ ।
वातावरण वृहत विषय हो ,जसले प्राकृतिक, साँस्कृतिक र सामाजिक प्रणालीहरु, आर्थिक तथा मानवीय कृयाकलापहरु र यिनका अवयवहरु तथा तिनीहरु बीचको अन्तरक्रिया र अन्तर सम्वन्धलाई जनाउँछ । हाल मानव जाति आफ्नो स्वार्थ पूर्तिका लागि प्राकृतिक दोहन गरिरहेका छन् । चाहे ओजन तहको क्षयहोस् या जलवायू परिवर्तन या जल, जमिन, वायू, वातावरणीय प्रदूषण मानव कै कारण जीव तथा वनस्पति जोखिममा रहेको वैज्ञानिकहरुले बताइरहेका छन् । मानव जातिको आक्रमणका कारण तहस–नसह भएको पृथ्वी बस्न अयोग्य बनीसकेको छ । हाम्रा पुर्खाले जिम्मा दिएको स्वस्थ पृथ्वी भावि पुस्तालाई जस्ताको तस्तै जिम्मा लगाउनु हामीलाई मुस्किल परिरहेको छ । अहिलेको हालतमा रहेको जगत्को जतन र नासिएको÷विग्रिएकोलाई दीर्घकालिन समाधानको बाटो पहिल्याउनु आजको खाँचो हो ।
नेपाल १ सय १८ फरक पारिस्थितिक प्रणाली (इकोसिष्टम) ले युक्त देश हो । जैविक विविधताको हिसावले विश्वको २५ औं स्थानमा पर्दछ भने एसियामा ११ औं स्थानमा रहेको छ । यहाँको भौगोलिक बनावट, धर्म संस्कृति, परम्परा, रीति रिवाज, चालचलन प्राकृतिक मैत्री छन् । प्रकृतिको पूजा, जीव वनस्पति, पृथ्वी,जल, आकाश, वायू, अग्नी, ग्रह, चन्द्र, सूर्यको पूजा, आराधना, सम्मान तथा भक्ति भावले नेपाल प्रकृतिको पुजारी भएको दर्साउँछ ।
मानव जगत् प्रकृतिका पुजारी हुन् । हामीलाई प्रकृति चाहिन्छ तर प्रकृतिलाई हाम्रो खाँचो पर्दैन । जति प्रकृतिलाई मान सम्मान र हेरचाह गछौं उत्ति नै लाभ पनि पाउँछौं । दवाव, दोहन, अत्याचार गर्छौं नकरात्मक प्रभाव पनि झेलिरहेका हुन्छौं । मानिस जस्तो आह्रिसे कुनै प्राणी हुदैन । आफ्नो बास स्थान विगार्ने, भत्काउने र जननीलाई निर्मम नङ्ग्याउने काम मानिसले नै गरिरहेका छौं ।विश्वका साँडे ७ अर्व जनसंख्याले भोग गरिरहेको वातावरण बाँचिरहेका प्राणी र वनस्पतिको साझा सम्पति हो । स्वस्थ वातावरणले प्रकृतिलाई सन्तुलित र जीवित प्राणी वनस्पतिलाई विकास गर्न मद्दत गर्दछ । भौतिक उन्नति गरी सुविधा भोगीहुने बाहानामा प्राकृतिक वातावरणको स्वच्छतामा गंभिर खलल पु¥याइरहेका छौं ।कोभिड–१९ अर्थात कोराना भाइरसका कारण विश्व लकडाउन भैरहेको अवस्थामा विश्ववातावरण सफा, स्वच्छ र हराभरा भएको छ । कार्वन उत्सर्जन १७ प्रतिशतले घटेको छ ।सन् २००८ मा विश्वको प्रदूर्षित युरोपको मिलनशहर सफा देखिएको छ । हाल वातावरण मापन केन्द्रले जताततै हरियो संकेत देखाइरहेको छ । नेपालका व्यस्त र धुलो धुवाँले युक्तशहर सफा, स्वच्छमा परिणत भएका छन् । हावा, पानी, जमिन, ध्वनी प्रदूषण कम भएको छ । यसबाट के संकेत गर्छ भने सार्वजनिक विदाझै मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक रुपमा विश्वमा बन्दाबन्दी अर्थात लकडाउन नीतिगत रुपमै गर्नु वातावरण सङ्गलो बनाउने सर्वोत्तम उपाय रहेछ । मानवजाति सबै कोभिडका कारण भित्र रहदा प्राकृतिक जीव जनावर तथा वनस्पतिको सकरात्मक परिवर्तनले यस्तो सन्देश दिन्छ ।
मानवीय चिन्तन, व्यवहार र कृयाकलाप प्राकृतिक मैत्री बनाउनु अहिलेको आवश्यकता हो
मानवीय चिन्तन, व्यवहार र कृयाकलाप प्राकृतिक मैत्री बनाउनु पर्दछ । वातावरणको विग्रदो अवस्थालाई वैज्ञानिक, आध्यात्मिक तथा जैविक व्यवस्थापन गरी स्वच्छ बनाउनु पर्दछ । वायू, जमिन, ध्वनी, खाद्य, रसायनिक, इलेक्ट्रो आदिप्रर्दूषण कम गर्नका लागि सम्पूर्ण राष्ट्रिय, अन्तराष्ट्रिय नीतिहरु वातावरण मैत्री, वातावरण ह्रास नहुने गरी योजना तर्जूमा एवं कार्यान्वयन गर्नु अहिलेको आवश्यकता हो । वातावरणको स्याहार, संभार, सम्वद्र्धन, संरक्षण तथा सदुपयोग गरी वातावरण व्यवस्थापन गरिनु पर्दछ । वर्तमान सन्दर्भमा प्रमुख रुपमा रहेका वातावरणीय समस्याहरु र वातावरणीय विनास मानव सिर्जित समस्या नै हुन । यी समस्याहरुको समाधानको मापदण्ड सहित नियन्त्रण र नियमन गर्नु पर्दछ । राष्ट्रिय, अन्तराष्ट्रिय कानुनको पालना गरी वातावरणीय समस्याहरु न्यूनीकरण गर्नका लागि वातावरणीय मापदण्डहरु लागू गर्न दवावदिने र अनुगमन गर्ने आधिकारीक निकायले कार्य गर्नुपर्दछ । वातावरणीय व्यवस्थापनको अवधारणालाई स्थानीय तहसम्म पु¥याउने, वातावरण प्रदूषणका कारण सिर्जित समस्याहरुलाई समाधान गर्न सरकारी, गैह्रसरकारी तथा नीजि क्षेत्रबीच समन्वय कायम गर्ने र वातावरणीय व्यवस्थापनको प्रभावकारी योजना तर्जूमा, कार्यान्वयन र अनुगमनगरि दीगो व्यवस्थापन गर्नु पर्ने टड्कारो आवश्यकता रहेको छ ।
लेखक : तिलक कार्की ग्रामिण विकासमा क्रियाशिल परियोजना संयोजक हुन् ।