इङ्लिश प्रिमियर लिग प्रशिक्षणमा पाँच खेलाडीले मात्र खेल्न पाउने

  • प्रकाशित मिति: बुधबार, बैशाख ३१ २०७७
  • तामाकोशी

काठमाडौं,वैशाख ३१ गते ।
इङ्लिश प्रिमियर लिग ईपीएलले लिगमा आबद्ध फुटबल क्लबहरूको पहिलो चरणअन्तर्गतको प्रशिक्षण शुरू गर्ने सम्बन्धमा आधिकारिक प्रोटोकल जारी गरेको छ ।
कोरोनाभाइरस महामारीका कारण ईपीएल मार्च १३ देखि अवरुद्ध छ र जारी सिजनअन्तर्गत ९२ वटा खेल बाँकी रहेको छ । मंगलबार ईपीएलमा आबद्ध क्लबका खेलाडी तथा व्यवस्थापकहरूलाई पठाइएको प्रोटोकलका अनुसार पहिलो चरणको प्रशिक्षण शुरू गरिएपछि एक साथ पाँच खेलाडीहरूले मात्र खेल्न पाउनेछन् र प्रशिक्षणका क्रममा अर्का खेलाडीलाई छक्याउन पनि प्रतिबन्ध लगाइएको छ।
त्यस्तै सो प्रोटोकलमा सामाजिक दूरी पूर्ण रूपमा पालना गर्न लगाइने लगाइने भनिएको छ । हरेक प्रशिक्षणपश्चात् फुटबल मैदान, कर्नर फ्ल्याग र गोलपोस्टमा डिस्इन्फेक्टेन्ट छर्किने उल्लेख गरिएको छ ।
७५ मिनेटमा सीमित पारिएको प्रशिक्षण शुरू गर्नका लागि क्लबहरूलाई आगामी सोमबार अनुमति दिइनसक्ने जनाइएको छ । खेलाडीहरूको हप्तामा दुई पटक खेलाडीहरूको कोरोनाको परीक्षण गरिनेछ र हरेक दिन प्रशिक्षण शुरू गर्न भन्दा तापक्रम नापिनेछ।