दुई महिनापछि रियल म्याड्रिड प्रशिक्षणमा

  • प्रकाशित मिति: मंगलबार, बैशाख ३० २०७७
  • तामाकोशी

एजेन्सी । स्पेनिस क्लब रियल म्याड्रिड झन्डै दुई महिनापछि प्रशिक्षणमा फर्किएका छन् । कोभिड–१९ को महामारीको कारण रियलले गएको मार्चको पहिलो साताबाट प्रशिक्षण गर्न पाएको थिएन ।
झन्डै दुई महिनापछिको प्रशिक्षणमा क्लबका प्रशिक्षक जिनेदिन जिदानले सुरक्षात्मक मास्क लगाएका थिए । खेलाडीहरु दुई समुहमा रहेर प्रशिक्षण गरेका थिए । खेलाडीहरु पछिल्लो साता कोरोना भाइरस परिक्षणका लागि रियलको प्रशिक्षण स्थल भाल्डेबावासमा पुगेका थिए । उनीहरु झन्डै दुई महिना घरमै सेल्फ प्रशिक्षणमा व्यस्त रहेका थिए ।
सबै खेलाडी तथा अफिसियलको नेगेटिभ रिपोर्ट आएपछि क्लबले प्रशिक्षण शुरुवात गरेको हो ।