काठमाडौं । कोरोना भाईरसको महामारीको कारण श्रीलंकामा तय भएको आईसीसी महिला विश्वकप छनोट प्रतियोगिता स्थगित भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले मंगलबार जुलाईमा तय भएको महिला विश्वकप छनोट स्थगित गरिएको जनाएको छ । सन् २०२१ मा न्युजिल्याण्डमा आयोजना हुने विश्वकपका लागि छनोट खेल जुलाई ३ देखि १९ सम्म हुने तालिका रहेको थियो ।
छनोटमा आयोजक श्रीलंकासँगै बंगलादेश, आयरल्याण्ड, नेदरल्याण्डस, पाकिस्तान, पपुवा न्युगिनी, थाइल्याण्ड, अमेरिका, वेष्ट इण्डिज र जिम्बावेको सहभागिता रहने तालिका रहेको थियो ।
आईसीसी महिला विश्वकपको छनोट स्थगित
- प्रकाशित मिति: मंगलबार, बैशाख ३० २०७७
- तामाकोशी