कोरोना भाईरसविरुद्ध लड्न फिफाको १० मिलियन डलर सहयोग

  • प्रकाशित मिति: शुक्रबार, चैत्र ७ २०७६
  • तामाकोशी

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसविरुद्ध लड्न विश्व फुटबलको सर्वोच्च निकाय फिफाले १० मिलियन डलर आर्थिक सहयोग गरेको छ । फिफाले बिहिबार कोरोनाविरुद्ध लड्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई १० मिलियन सहयोग गर्ने घोषणा गरेको हो ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले कोरोनाबाट प्रभावित फुटबल समुदायका सदस्यहरूलाई सहयोग पुर्‍याउन विश्वव्यापी फुटबल सहयोग कोष स्थापना गर्ने समेत बताएका छन् । यस्तै फिफाले युरोकप फुटबल र कोपा अमेरिका फुटबल स्थगित गर्ने निर्णयलाई समेत स्वीकृत गरेको छ । चीनबाट फैलिएको कोरोनाका कारण विश्वभर हजारौं मानिसको मृत्यु भईसकेको छ । यस्तै लाखौ मानिस संक्रमित भएको छ ।
कोरोनाको कारण फुटबल खेलाडी तथा प्रशिक्षक समेत संक्रमित भएका छन् ।

@एजेन्सी