एजेन्सी । स्पेनिस ला लिगामा स्पेनिस महारथी रियल म्याड्रिड तुलनात्मक रुपमा कमजोर टोलीसंग स्तब्ध बनेको छ । रियल घरेलु टोली रियल बेटिससँग २–१ स्तब्ध बनेको हो ।
रियल बेटिससँग हारसँगै रियलले शीर्षस्थानमा उक्लने मौका गुमाएको छ । रियल शीर्षस्थानको बार्सिलोनासँग २ अंकले पछि परेको छ । रियलले अघिल्लो साता मात्रै इएल क्लासिकोमा बार्सिलोनालाई पराजित गर्दै शीर्षस्थानमा पुनरागमन गरेको थियो । तर, रियलले रियल बेटिसविरुद्ध जित निकाल्न सकेन । रियल बेटिस ३३ अंक जोडेर १२औं स्थानमा उक्लिएको छ ।
प्रतिस्पर्धात्मक बनेको खेलको १२औं मिनेटमा सिड्नेइले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । उनले नविल फेकिरको पासमा गोल गर्न सफल भएका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा रियलले पेनाल्टीमार्फत खेललाई बराबरीमा ल्याएको थियो । सिड्नेइले मार्सेलोलाई पेनाल्टी बक्समा लडाएपछि रियलले पेनाल्टीको मौका पाएको थियो । जुलाई करिम बेन्जेमा गोल गर्न सफल भएका थिए ।
रियलको यो हारले लिग लिडर बार्सिलोनालाई फाइदा पुगेको छ । उसको समान २७ खेलबाट ५८ अंक भने रियलको ५६ अंक रहेको छ ।