अष्ट्रेलियाद्धारा महिला टि-ट्वान्टी विश्वकप उपाधी रक्षा (हाइलाइट सहित)

  • प्रकाशित मिति: आइतबार, फाल्गुन २५ २०७६
  • तामाकोशी

एजेन्सी ।

आयोजक अष्ट्रेलियाले आईसीसी महिला टि ट्वान्टी विश्वकपको उपाधि जितेको छ । आइतबार फाइनलमा भारतीय महिला क्रिकेट टोलीलाई ८५ रनले पराजित गर्दै अष्ट्रेलिया महिला क्रिकेट टोलीले पाँचौ पटक महिला टि२० विश्वकप उपाधि जितेको हो ।
जितका लागि १ सय ८५ रनको विजयी लक्ष्य पछ्याएका भारतीय महिला टोली १९.१ ओभरमा अल आउट हुँदै ९९ रनमा समेटियो । अष्ट्रलियाले यस अघि सन् २०१०, २०१२, २०१४ र २०१८ मा विश्वकप टि ट्वान्टी को उपाधि जितेका थिए ।