टी-ट्वान्टी विश्वकप क्रिकेटको फाइनल खेल हुँदै (लाइभ स्कोर सहित)

  • प्रकाशित मिति: आइतबार, फाल्गुन २५ २०७६
  • तामाकोशी

एजेन्सी । अष्ट्रेलियामा जारी आईसीसी महिला टी-ट्वान्टी विश्वकप क्रिकेटको फाइनल खेल आज आइतबार हुँदैछ । मेलबर्नमा हुने फाइनलमा आयोजक अष्ट्रेलिया र भारत भिड्दै छन् । खेल नेपाली समय अनुसार १२:४५ मा सुरु हुनेछ ।
भारतविरुद्ध मैदान उत्रदा अष्ट्रेलिया उपाधि घरमै राख्न चाहन्छ । यता, भारत घरेलु टोलीलाई स्तब्ध बनाएर उपाधि जित्न चाहन्छ । भारत पहिलो पटक फाइनल पुगेको हो भने पहिलोपटक टी-ट्वान्टी विश्वकप उपाधि जित्न चाहन्छ । सेमिफाइनल खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । तर, पहिलो सेमिफाइनल वर्षाको कारण खेल हुन् नसक्दा भारत फाइनल पुगेको छ । समूह चरणमा इंग्ल्याण्डले भन्दा राम्रो नतिजा हात पारेको कारण भारतले पहिलो पटक महिला विश्वकपमा स्थान बनाउन सफल भएको हो ।
दुई टिमबीचको समूह चरणको भेटमा भने भारतले बाजी मारेको थियो । समूह चरणमा भारतले अष्ट्रेलियालाई १७ रनले हराएको थियो । लाइभ स्कोर हेर्न यहाँ क्लिक गर्नुहोला