माधव ढकाल
विश्वभर फेब्रुअरी २ मा विश्व सिमसार दिवस मनाइ रहदा यस सन् २०२० वर्षको नारा “सिमसार र जैविक विविधता” (Wetlands and Biodiversity) नेपालमा भने २१औँ शताब्दीमा आइपुग्दा सिमसार क्षेत्रको महत्व मानव जिवन सँग अन्तर सम्बन्ध रहदा रहदै आएको छ। सिमसार क्षेत्र जैविक विविधता र उर्वर भूमिले ढाकेको क्षेत्र हो सिमसार क्षेत्रले धेरै जिवजन्तु तथा पशुपन्छीलाई वासस्थान प्रदान गरेको हुन्छ । यस क्षेत्रमा वनस्पतिको विविधता पनि धेरै हुन्छ । सिमसार क्षेत्र संरक्षणको लागि सन् १९७१ मा इरानको रामसार भनिएको सन्धी रामसार सन्धी हो । नेपालले पनि उक्त सन्धीलाई १९७५ मा रामसार सन्धी सर्मथन गरि नेपालमा १० वटा सिमसार क्षेत्र रामसार क्षेत्रमा सुचीकृत रहेको छ । जसमा कोशीटपु वन्यजन्तु आरक्ष, जगदीसपुर ताल, घोडाघोडी ताल,बीस हजारी ताल, रारा ताल, फोक्सोन्डो ताल, गोसाइकन्ड, गोक्यो ताल, कास्कीको ९ वटा ताल समेत रामसार क्षेत्रमा सुचीकृत गरिएको छ । नेपालमा ताल संरक्षण समितीले नेपालको तालको टोपो नक्शाको अध्ययन गर्दा ५३५८ प्रकृतिक ताल रहेको तथ्याङक सार्वजानिक गरेको छ । साना ठूला गरि ३२५२ हिमताल छन्, तराई क्षेत्रमा १६३ वटा सिमसार छन् । तराई क्षेत्रमा मात्र २३०० भन्दा बढी पोखरीहरु रहेको छ । सन् २०१६ मा जैविक विविधता निश्चित मापडण्ड पुरा गरेका कास्कीका फेवा, रुपा, बेगनास, खास्टे, कमल पोखरी, गुइडे, निउरेली, दिपाङ्क र मैदी समेत सामुहिक रुपमा रामसार सुचीमा सुचीकृत गरेको छ । यी तालको पानीले ९२४ हेक्टर क्षेत्र ओगटेको छ । नेपाल सरकारले थप ४ वटा सिमसार क्षेत्रलाई रामसार सुचीमा सुचिकृत गराउन पहल गरि रहेको छ । नेपाल कुल क्षेत्रफलको ५ प्रतिशत भूभाग सिमसार क्षेत्रले ओगटेको छ । सिमसार क्षेत्र भन्ने बितिकै बाह्ै महिना पानी जमी रहने हिलो वा दलदल भएको क्षेत्र ताल तलैया पोखरी लाइ सिमसा क्षेत्र भनिन्छ ।
सिमसार क्षेत्रको महत्व
पृथ्वीमा प्रकृतिक प्रणालीलाई सन्तुलन कायम गर्न महत्वपूर्ण भुमिका खेलेको हुन्छ । सिमसार क्षेत्रमा जमिन भित्र पानी पठाउन वातावरण प्रदुषण नियन्त्रण गर्ने पारिस्थितिक प्रणलीमा सहयोग पु¥याउने काम गर्दछ । त्यसगरी चराचुरुङ्गी वासस्थान र प्रजनन प्रणलीमा महत्वपूर्ण भुमिका खेलेको हुन्छ । प्रकृतिमा रहेका मानिस, जीवजन्तु तथा वनस्पति पानीमा आश्रित रहेका हुदाँ चाहिने पानीलाई फिल्टर गरेर जमिन मुनि मुलका रुपमा वा भुमिगत जलस्रोतका रुपमा पानी आपूर्ति गर्ने कार्य यीनै सिमसार सिमसार क्षेत्रले गर्दछ । माछा, भ्यागुता, डल्फिन, गोही जस्ता गोही प्राणीको अण्डा पार्ने, बच्चा कोरल्ने, बच्चा हुर्काउने सम्पूर्ण जिवन प्रणाली नै पानी सँग जोडिएको छ । वन्यजन्तु गैडा, बाघ तथा हात्ती जस्ता विश्वमा दुर्लभ मानिएका सिमसार क्षेत्रमा नै क्रीडास्थल बनाएर बाचेका हुन्छन् ।
पर्यटकीय गन्तव्य तथा समृद्धिको आघार बन्दै सिमसार क्षेत्र
विश्व भरिका अधिकाँश सुन्दर, मानोरम पर्यटकीय ठाँउ ताल तलैयाको वा नदी किनारमा छन् । विश्वको उत्कृष्ठ पर्यटकीय गन्तव्य ताल सागर नदीको किनारमा रहेकाले सिमसारको महत्व बढ्न गएको छ । नेपालमा पनि सिमसार क्षेत्रको आसपास कास्कीमा रहेका ९ वटा ताल, रारा ताल, चितवनको बीस हजारी ताल प्रमुख आन्तरिक तथा बाहृय पर्यटकीय गन्तव्यको रुपमा फस्टाउदै
आइरहेको छ । विश्वमा कयौँ सिमसार क्षेत्रहरुले जैविक विविधता तथा पशुपन्छी संरक्षण र खोज अनुसन्धानमा अत्यन्तै धेरै सहयोग पु¥याएकाृ पाइन्छ । कृषि क्षेत्रमा समेत सिमसार क्षेत्रको आसपास प्रयाप्त मात्रामा पानीको मुहान हुने भएकाले उत्पादनमा बढाउन भुमिका खेलेको छ, जसले गर्दा विश्वको कुल अर्थतन्त्रमा सिमसार क्षेत्रले योगदान पु¥याएको छ ।
सिमसार क्षेत्र संरक्षणमा समस्या र चुनौतीहरु
विश्वमा सिमसार क्षेत्रको अवस्था हेर्दा करिब ८० प्रतिशत फोहोर तथा विषादी युक्त पानी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सिमसार क्षेत्रमा फाल्ने गरेको पाइएको छ । सिमसार क्षेत्रमा आश्रित जी

रामेछापको कठजोरमा जैविक विविधता संरक्षणका निम्ती वातावरण संरक्षण परियोजनाद्धारा निर्माणधिन पोखरी ।
व जनावरहरुलाई प्रत्यक्ष रुपमा असर पर्ने गरेको छ । कतिपय जलचरको अस्तित्व लोभ हुने अवस्था पुगेको छ । नेपालमा हेर्ने हो भने सिमसार क्षेत्र मासेर खेतीपाती गर्ने सहरीकरणको विस्तार खेल मैदान, अव्यवस्थित रुपमा सडक निर्माण, भवन, बगैचा निर्माण, डोजर आतङ्कले सिमसार क्षृेत्रमा भूक्षय, जमिन अतिक्रमण गरिएका छन् । पछिल्लो समय जलवायू परिवर्तनको कारणले पनि सिमसार क्षेत्रलाई असर पु¥याएको पाइन्छ । बिस्तारै सिमसार क्षेत्रमा भएका जलचर प्राणी जडिबुटीहरुको संरक्षणमा खासै प्रदेश तथा संघिय सरकारले घ्यान दिएको पाइदैन ।
अन्तयमा पछिल्लो समय नेपाल सरकारले सिमसार, पानीका मुहान, पोखरी जस्ता क्षेत्र संरक्षणमा अर्थनितीमा उल्लेख गरेरै संरक्षण गर्न स्थानिय तह देखि केन्द्रिय सरकारले अभियानकै रुपमा अगाडी बढाएको छ । विभिन्न पर्यापर्यटनका लागि जैविक विविधता तथा वन्यजन्तु संरक्षणका लागि सिमसार क्षेत्र संरक्षण गर्न सामmा अवधारणा बनाएर अघि सारेको पाइन्छ, विभिन्न नितीगत् व्यवस्था जस्तै राष्ट्रिय वन निति, सिमसार निति, जैविक विविधता संरक्षण निति तथा गैर सरकारी संस्था राष्ट्रिय तथा अन्तराष्ट्रिय सहयोग मार्फत सिमसार क्षेत्रको व्यवस्थापन तथा सदुपयोग गर्ने भईरहेको छ ।
माधव ढकाल वातावरण संरक्षण परियोजना रामेछापका वातावरण संयोजक हुन् ।