सन्दिप लामिछाने चोटमुक्तः शनिबारको खेलमा खेल्दै

  • प्रकाशित मिति: शुक्रबार, पुष १८ २०७६
  • तामाकोशी

एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने चोटमुक्त भएका छन् । चोटको कारण सन्दीपले बुधबार सिड्नीविरुद्धको खेल गुमाएका थिए । नेपालका सन्दीप लामिछाने शनिबार हुने मेलबर्न डर्बीमा मैदान उत्रने भएका छन् ।
सन्दिप रहेको मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) मा शनिबार डर्बी क्लब मेलबर्न रेनेगेड्ससँग खेल्दैछ । मेलबर्नमा हुने मेलबर्न डर्बी भिडन्त शनिबार नेपाली समय अनुसार दिउसो १ः५५ बजे सुरु हुनेछ । मेलबर्नले डर्बी भिडन्तका लागि सार्वजनिक गरेको १३ सदस्सीय टिममा सन्दीप परेका छन् ।
मेलबर्नले सन्दीपसहित अर्का खेलाडी कार्टराइट चोट मुक्त हुँदै टिममा फर्किएको जनाएको छ । यस सिजन सन्दीपले ४ खेलमा ३ विकेट हात पारेका छन् ।