ए डिभिजन लिग फुटबल एक्कासी विचैमा स्थगित

  • प्रकाशित मिति: शुक्रबार, पुष १८ २०७६
  • तामाकोशी

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार र आइतबार तय भएको खेलहरु स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले खराब मौषमको कारण देखाउदै शनिबार र आइतबारको खेलहरु स्थगित गरिएको जनाएको छ ।
लिगको पाँचौं चरण अन्तर्गत शनिबार साविक विजेता मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लब तथा एनआरटी र जावलाखेलबीच खेल हुने तय थियो । यस्तै आइतबार हिमालयन शेर्पा र फ्रेन्ड्स क्लबबीच खेल हुने तय भएको थियो । अब लिगको पाँचौ चरणका खेलहरु सोमबारबाट सुरु हुनेछ । जस अनुसार सोमबार मनाङ र मछिन्द्र तथा एनआरटी र जावलाखेलबीच खेल हुनेछ । यस्तै मंगलबार हिमालयन शेर्पा र फ्रेन्ड्स क्लबबीच खेल हुनेछ।
पाँचौ चरणको सबै खेल दशरथ रंगशालामा हुनेछ । खराब मौसमका कारण एन्फाको लिग कमिटिको आपतकालीन बैठकले लिग दुई दिन सार्ने निर्णय गरेको हो ।