आज नेपाल र जापानबीच दथरथ रंगशालामा दिउँसो तीन बजे मैत्रीपुर्ण फुटबल खेल हुँदै

  • प्रकाशित मिति: शुक्रबार, मंसिर २७ २०७६
  • तामाकोशी

काठमाडौं : नेपाल र जापानबीच आज मैत्रीपुर्ण फुटबल खेल हुँदैछ । खेल दथरथ रंगशालामा दिउँसो तीन बजे नेपाल निलो र जापानको जेएफएल खेल्ने टिमबीच प्रतिस्पर्धा हुनेछ ।

साग विजेता टोलीलाई नै मैदानमा उतार्ने तयारी गरिएको भएपनि आधाभन्दा बढी खेलाडी घाइते भएकाले नेपालले नयाँ टिम खेलका लागि तयार गरिएको एन्फाले जनाएको छ ।



जापान फुटबल संघको सहयोगमा नेपाल आएको टोलीले गतबर्षको ए डिभिजन लिग विजेता टोली मनाङ मस्र्याङदीसँग पनि फुटवल खेल्नेछ । मैत्रिपूर्ण खेल हेर्नका लागि साधारणतर्फ पाँच सय र विशिष्टतर्फ एक हजार टिकटको मूल्य निर्धारण गरिएको छ ।