काठमाडौं । कार्तिक २८ गते,
एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ । समूह चरणको सबैै खेल जित्दै फाइनल पुगेको नेपालले माल्दिभ्सलाई 3=0 ले सहजै उपाधि जितेेेको हो।
लामो समय अन्तर्रा्ष्ट्रिय उपाधिबाट तड्पिएको नेपाललेे बंगलादेशमा माल्दिभ्सलाई हराएर इतिहास समेत रचेको छ ।
नेपालले समूह चरणमा अफगानिस्तान, कीर्गिस्तान, बंगलादेश र माल्दिभ्सलाई हराएको थियो । पहिलो संस्करणको प्रतियोगितामा नेपाल सहित पाँच राष्ट्र सहभागी थिए ।