१.नेपाल आयल निगमले आधिकारिक रुपमा यूरो ४ मापदण्डको तेल कहिलेदेखि विक्रि सुरु गरेको हो ?
–वि.स. २०७३ चैत २१
यूरो –४ भनिए पनि आइओसीले भारतमा प्रशोधन गरेर उसकै ब्राण्डमा नेपाल पठाएका कारण यसलाई विएस –४ मापदण्ड भन्ने गरिएको छ ।
युरो –४ गुणस्तरको तेलमा सल्फरको मात्रा कम हुने हुदा यसले बातावरण प्रदुषण न्यून गर्नुको साथै बढी माइलेज दिने एवं सवारी साधनको आयुसमेत लम्ब्याउन मद्दत पुग्ने निगमको ठम्याई छ । यूरो –३ मा १५० पीपीएस सल्फर रहेकोमा यूरो –४ मा भने ५० पीपीएस सल्फर मात्रै हुने निगमको भनाई छ ।
२. यातायात व्यवस्था विभाग काठमान्डौ महानगरपालिका एवं सरोकारवालाहरुको २०७३ चैत २० मा बसेको बैठकले काठमान्डौ उपत्यकामा हर्न बजाउन नपाइने नियम कहिलेदेखि ल्याउने निर्णय गरेको हो ?
–वि.स. २०७४ बैशाख १
( ध्वनि प्रदुषण बढेको भन्दै निकायहरुले नयाँ नियम ल्याउन लागेका हुन् । एम्बुलेन्स, सुरक्षाकर्मीका सवारी साधन, शव वाहन र दमकलले भने साइरन बजाउन पाउनेछन् । )
३. २०७४ बैशाख ३१ गते हुने स्थानिय तह निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावली अनुसार नेपालभरि कति मतदाता रहेका छन् ?
–एक करोड ४० लाख ५४ हजार ४८२
(पुरुष ७० लाख ६९ हजार ७१४ र महिला ६९ लाख ८४ हजार ६२५ एवं तेस्रो लिङ्गी १४३ ) जना । निर्वाचन आयोगले यो नामावली २०७३ चैत २० मा सार्वजनिक गरेको हो ।
धेरै मतादाता भएका जिल्ला
मोरङ ५,६३,८७०
काठमान्डौ ५,५९,४००
रुपन्देही ४,५८,६१६
सुनसरी ४,२१,१५९
कैलाली ४,०३,२८०
कम मतदाता भएका जिल्ला
मनाङ ५,०९५
मुस्ताङ ८,२६३
डोल्पा १६,७०३
हुम्ला २४,५६२
मुगु २७,४३५
४. २०७३ चैतमा मनाइएको ६० औ राष्ट्रिय सहकारी दिवसको नारा के रहेको छ ?
–दिगो विकास –लक्ष्य प्राप्तिका लागि सहकारी
५. नेपालमा पहिलोपटक दुई भिन्न रक्तसमुह भएका व्यक्तिविच मिर्गौला प्रत्यारोपण कहिले गरियो ?
–वि.स. २०७३ चैत ९ (त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज)
६. हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड २०१७ वाट सम्मानित व्यक्तित्व को हुन ?
–नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ
७. वि.स. २०७३ चैतमा प्रदान गरिएको राष्ट्रिय कलाश्री सम्मानबाट सम्मानित स्रष्टा को हुन् ?
–वरिष्ठ कवि एवं गितकार दुर्गालाल श्रेष्ठ
बस्तुगत प्रश्नोत्तर वि.स. २०७३ चैत २३
- प्रकाशित मिति: बुधबार, चैत्र २३ २०७३
- तामाकोसी खबर
