आईसीसी टि ट्वान्टी बरियतामा नेपाल घटुवा

  • प्रकाशित मिति: बिहिबार, असोज १६ २०७६
  • तामाकोशी

एजेन्सी । नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टि ट्वान्टी वरियतामा नेपाल घटुवा भएको छ । आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल घटुवा भई १२ औं स्थानमा पुगेको छ ।

नेपालको १७ खेलमा ३ हजार २ सय ९६ प्वाइन्ट र १ सय ९४ रेटिङ छ । अझैं पनि नेपाल दुई टेष्ट राष्ट्र अघि छ । यूएई १३,जिम्बावे १४,आयरल्यान्ड १५ र नेदरल्यान्डस १६ औं स्थानमा छ ।



पाकिस्तान शीर्ष स्थानमा रहँदा इंग्ल्यान्ड दोस्रो,दक्षिण अफ्रिका तेस्रो स्थानमा छ । भारत चौथो,अष्टेलिया पाँचौ र न्युजिल्यान्ड छैटौं छन् । ११ औं स्थानमा स्कटल्यान्ड रहेको छ । ओडीआईमा भने नेपाल १७ औं स्थानमै कायम छ ।

नेपाली टोली यति बेला त्रिकोणात्मक टि ट्वान्टी सिरिजका लागि सिंगापुरमा रहेको छ । नेपाल, आयोजक सिंगापुर र जिम्बाबेबीच त्रिकोणात्मक सिरिज भएको थियो । जहाँ नेपालले जिम्बाबेसँगको दुवै खेल हारेको थियो । नेपालले सिंगापुरलाई पहिलो खेलमा हराएको थियो ।