चैत ११, रामेछाप ।
नेपाली लोक दोहोरी क्षेत्रका चर्चित कलाकार युनिक प्रदिप विसीलाई गायिका सर्मिला बस्नेत विना एकपल समय विताउन पनि गाह्रो हुने बताइएको छ । विगतको समयमा घनिष्ट रहेको सम्बन्ध अहिले टुटेपछि निन्द्र, भोक, प्यास केहि थाहा नहुने विसीको भनाइ छ । सर्मिला बाहेक अरु प्रति मन नजाने, विगतलाई विर्सननी नसकीने भन्दै पलपलमा
छटपट्टी मात्र हुने विसीको दावी छ । उनीहरु विचको सम्बन्ध सञ्चार क्षेत्रमा भाइरस बने पछि स्पष्टिकरण दिनुपर्ने दैनिकीनै भएको जनाएको छ ।
यो प्रशंग युनिक प्रदिप विसि र सर्मिला बस्नेतको आवाजमा भर्खरै बजारमा आएको नयाँ लोक दोहोरी गितको हो । संञ्चारकर्मी राजिव कार्कीले पनि गायनमा साथ दिएको यो गिति एल्वममा माया, प्रेम, सद्भाव र विछोडको पिडाहरुलाई समायोजन गरी गितको आकार दिएको छ । केहि बास्तविकता तथा केहि काल्पनिक घटनाहरुको संयोजन रहेको भाकामा प्रेम मुस्कानको लय तथा प्रेम मुस्कान र कवि थापा मगरको शब्द रहेको छ । यो गिति एल्वमलाई संगम डिजिटल प्रालिले केहि दिन अगाडी बजारमा सार्वजनिक गरिएको हो ।
दर्जन भन्दा बढि गितहरु बजारमा ल्याई सकेका कलाकार युनिक प्रदिप विसी सुमधुर स्वरमा मात्र नभई लय सिर्जना तथा शब्द सिर्जनामा पनि त्यतिकै चर्चित हुनुहुन्छ । भावुक गितहरु रुचाउने कलाकार विसिको छिट्टै सिन्दुर हाली भाग चार पनि बजारमा ल्याउने तयारीमा रहेको तामाकोसी अनलाईन संगको अन्तरबार्तामा बताउनु भयो ।