रामेछाप । असार ७ गते,
रामेछापको प्रथम मन्थली नरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा ६७ पदक सहित मन्थली माध्यामिक विद्यालय पहिलो भएको छ ।
बिहिबार , शुक्रबार र शनिबार भएको उक्त खेलकुदमा तामाकोशी इङलिस बोर्डिङ स्कुल मन्थली दोस्रो र कर्कलादेवी इङलिस बोर्डिङ स्कुल तेस्रो भएका छन् । मन्थली नगरपालिका भरीका २१ वटा बिद्यालयहरु सहभागि रहेको उक्त प्रतियोगितामा मन्थली माध्यामिक विद्यालयले २७ स्वर्ण, २१ रजत र १९ कास्य पदक सहित ६७ पदक जितेको छ । त्यसैगरी तामाकोशी इङलिस बोर्डिङ स्कुले ५ स्वर्ण, २ रजत र ४ कास्य पदक गरी कुल ११ पदक जितेको छ भने तृतिय हुने कर्कलादेवीले २ स्वर्ण, ४ रजत र ३ कास्य पदक सहित कुल ९ पदक प्राप्त गरेको छ ।
पहिलो दोस्रो र तेस्रो स्थान हासिल गर्ने बिद्यालयहरुलाई जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्का, मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेत र प्रमुख जिल्ला अधिकारी लिला कुमारी केशी पाण्डे लगाएतले क्रमश नगद रु १० हजार, ८ हजार र ६ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र बितरण गरेका छन् ।
मन्थली नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मन्थली माबि पहिलो
- प्रकाशित मिति: शनिबार, असार ७ २०७६
- तामाकोशी