गायक विकास परियारले नानु तामाङलाई आजै गरम भनेपछि…..

  • प्रकाशित मिति: शुक्रबार, चैत्र ४ २०७३
  • तामाकोसी खबर

नव गायक विकास परियारले गायिका नानु तामाङलाई आजै गरम भनेपछि संगितको क्षेत्रमा अर्काे तहल्का मच्चिएको छ । गायक परियारको अहिले चलेको  हल्ला भने भर्खरै बजारमा आएको नयाँ लोक भाका “आजै गरम विहे” भन्ने बोलको गितको हो । विगत केहि बर्ष अगाडी “जाम घुम्न सिन्धुली” भन्ने बोलको गितबाट लोक संगितको क्षेत्रमा प्रवेश गरेको रामेछाप प्रितिका नव गायक विकास परियारले “चरी भए देखि” भन्ने बोलको अपार सफलता पछि ठट्यांैली भाका “आजै गरम विहे” सार्वजतिक गरेको छ । तिर्थ विरक्त पाख्रिनको लय तथा तेम्बा लामा र तिर्थ विरक्त पाख्रिनको शव्दमा विकास परियार र नानु तामाङले आवाज भरेको छ । एमएमपिएस फिल्मस् प्रा.लि.ले यो गितको बजार ब्यवस्थापन गरेको छ भने लोकेश भाई, कविता परियार र गोपाल दर्नालले सहयोगीको भुमिका निर्वाह गरेकोछ । स्लो विटको भाका भन्दा अहिलेको समयमा फास्ट विटको भाकाले दर्शक, स्रोताको मन तानेको गायक परियारको दावी छ । उहाँले सधैं संगितको बजारमा दर्शक, स्रोताले रुचाउने खालको गितहरु ल्याउने चाहना भएको तामाकोसी अनलाईन सँगको कुराकानीमा  बताउनु भयो ।