एजेन्सी – मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ । आइतबार अन्तिम बलसम्म पुगेको खेलमा चेन्नई सुपर किंग्सलाई १ रनले पराजित गर्दै मुम्बईले चौथो आईपीएल उपाधि जितेको हो ।
अन्तिम बलमा २ रन चाहिएको अवस्थामा लासिथ मालिङ्गाले सार्दुल ठाकुरलाई एलबीडब्लु आउट गरेपछि मुम्बई विजयी भयो । १ सय ५० रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४८ रन बनायो ।
चेन्नईलाई जितको लागि अन्तिम ओभरमा ९ रन चाहिएको थियो । लाथिस मलिङ्गाको पहिलो बलमा वाटशनले १ रन लिए । दोस्रो बलमा पनि जडेजाले १ रन लिए । तेस्रो बलमा वाटशनले २ रन बटुले । वाटशनले चौथो बलमा दुई रन लिने क्रममा रन आउट भएपछि खेल थप रोमान्चक मोडमा पुगेको थियो । पाँचौ बलमा ठाकुरले २ रन लिएपछि अन्तिम बलमा जितको लागि २ रन चाहिएको थियो । अन्तिम बलमा सार्दुल ठाकुर एलबीडब्लू आउट भएपछि मुम्बई १ रनले विजयी हुन सफल भएको हो ।
कुन खेलाडीले जिते कुन अवार्ड :
१. सर्वाधिक रन (अरेन्ज क्याप) – डेविड वार्नर (हैदरावाद)
२. सर्वाधिक विकेट (पर्पल क्याप) – इमरान ताहिर(चेन्नई)
३. मस्ट भ्यालुवल प्लेयर – आन्द्रे रसेल (कोलकता)
४. इमरर्जिङ प्लेयर अफ टुनामेन्ट – शभमन गिल (कोलकता)
५. फास्ट फिफ्टी – हार्दिक पान्ड्या (मुम्बई)
६. उत्कृष्ट क्याच – काइनर पोलार्ड (मुम्बर्ई)
७. सुपर स्ट्राईकर – आन्द्रे रसेल (कोलकता)
८. स्टाइलिस प्लेयर अफ द सेसस – के एल राहुल (पन्जाव)
९. गेम चेन्जर अफ द सिजन – राहुल चाहर (मुम्बई)
(भिडियो )