बार्सिलोनालाई हराउदै लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा (भिडियो सहित)

  • प्रकाशित मिति: बुधबार, बैशाख २५ २०७६
  • तामाकोशी

एजेन्सी । युरोपेली च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति लिभरपुलले बार्सिलोना विरुद्ध घरेलु मैदान एन्फिल्डमा अविश्वसनीय नतिजा हासिल गरेको छ ‌। पहिलो लेगमा ३-० ले पछाडी परेको लिभरपुलले ४-० को जित दर्ता गर्दै समग्रमा ४-३ को जितसँगै फाइनल यात्रा तय गरेको छ । लिभरपुलको यो लगातार दोस्रो फाइनल यात्रा हो ।

लिभरपुलको जितमा डिभोक ओरीजी र जियोर्जिनियो वाइनाल्डमले २-२ गोल गरे । खेलको सातौं मिनेटमा नै लिभरपुलले ओरीजीको गोलमा अग्रता लिएको थियो । पहिलो हाफमा थप गोल गर्ने अवसर सिर्जना भएपनि दुवै टोलीले त्यसको सदुपयोग गर्न सकेनन् ।



दोस्रो हाफको ५४ औं मिनेटमा वाइनाल्डमले ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डको क्रसमा गोल गर्दै २-० को स्थितिमा पुर्याए । त्यसको दुई मिनेटमै जेर्डान साकिरीको पासमा वाइनाल्डमकै गोलमा खेल समग्रमा ३-३ को बराबरीमा आइपुग्यो । खेल सकिन ११ मिनेट बाँकी रहँदा ओरीर्जीले गोेल गर्दै लिभरपुललाई अविश्वसनीय जितनजिक पुर्याए ।

लिभरपुलले लगातार दोस्रो पटक फाइनल यात्रा तय गर्दा इतिहासमा चौथो पटक तीन वा सोभन्दा बढी गोलको अग्रतालाई उल्टाउन सफल रहयो । अघिल्लो सिजन बार्सिलोनालाई रोमाले ४-१ को अग्रताका बाबजुद पराजित गरेको थियो ।

(भिडियो सहित)

https://www.youtube.com/watch?v=-OVAAA7rn7Q