मन्थली, चैत १३ गते ।
रामेछापको सदरमुकाम मन्थलीमा जारी प्रथम रामेछाप कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवको अबसरमा हुने भनिएको नृत्य र गायन प्रतियोगिता (Dancing and singing competion) नहुने भएको छ । आयोजकले एक सुचना जारी गर्दै प्रतियोगितामा सहभागि हुने प्रतियोगिहरुको प्रयाप्त आवेदन नपरे पछि कार्ययोजना अनुरुप प्रतियोगिता नहुने जानकारी गराएको हो ।
पुर्व प्रकाशित कार्ययोजना अनुसार नृत्य र गायन फरक–फरक दुवै विद्यामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेलाई क्रमशः तिस हजार, विस हजार, दश हजार र पाँच हजार नगद सहितको व्यवस्था गरिएको थियो । कार्ययोजना अनुरुप प्रतियोगिता सञ्चालन गर्न नसकेकोमा सह–आयोजक टिमले क्षमा मागेका छन् । तथापि प्राप्त आबेदकहरुलाई दैनिक प्रस्तुति प्रस्तुत गर्न दिइने र सोहि अनुसार उनीहरु मध्येबाट दुवै विद्यामा १–१ जनालाई अन्तिम दिन पुरस्कृत गराउने सुचनामार्फद जानकारी दिएको छ ।
मन्थली नगरपालिकाको आयोजना तथा सामाजिक सशक्तिकरण नेपालको सह–आयोजना एवं जिल्ला समन्वय समिति रामेछाप, रामेछाप उद्योग वाणिज्य संघ र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा चैत १७ गते सम्म मेला सञ्चालन हुने जनाएको छ । मेलामा अन्य स्टलमा भन्दा रोटेपिङ, बाल उद्यान, उँटको चमत्कारी नृत्य र साँस्कृतिक कार्यक्रममा सर्वसाधारणको आकर्षण बढ्दो छ ।
मेलामा राष्ट्रिय स्तरका कलाकारहरुले साँस्कृतिक मनोरञ्जन दिइरहेका छन् । राष्ट्रिय स्तरका चर्चित कलाकारहरु रमेशराज भट्टराई, बद्रि पङ्गीनी, नवराज घोरासैनी, सिर्जु अधिकारी, श्रीदेवी देवकोटा, प्रदिप रोक्का, मैया थापा मगर, कुमार कार्की, विवश बस्नेत, अमृत खाति, तिर्थविरक्त पाख्रिन,मनमाया वाइवा, स्मृति गौतम लगाएत स्थानीय कलाकारहरुको प्रस्तुतीले मेला थप संगितमय बनेका छन् ।
मेलाको साँस्कृतिक संयोजन रामेछाप साँस्कृतिक कलाकार समाज र राष्ट्रिय संगितकर्मी संघ रामेछाप शाखाले गरिरहेका छन् । फरक दिनमा फरक कलाकारहरुको प्रस्तुति रहने मेलामा पशुपति शर्मा, प्रकाश कटुवाल, रोज मोक्तान, पार्वति कार्की, भिटेन, राजेन्द्र कुमार कार्की, रामकुमार नेपाली, सन्ध्या सानु, युनिक भोजराज विक, हरिबहादुर काफ्ले मगर लगाएतका अन्य धेरै कलाकारहरुको प्रस्तुति आगामी दिनमा रहने आयोजकले जानकारी दिएको छ ।





