आठौँ अदिती घिमिरे कप खेलकुद प्रतियोगिता सम्पन्न

  • प्रकाशित मिति: बुधबार, फाल्गुन १५ २०७५
  • तामाकोशी

रामेछाप । फागुन १५ गते,
रामेछापको सदरमुकाम मन्थली स्थिति मन्थली माविमा जारी आठौँ अदिती घिमिरे कप खेलकुद प्रतियोगिता बुधबार सम्पन्न भएको छ । बुधबार मन्थली माविमा अयोजित प्रतियोगिताको समापन कार्यक्रम विजयी विद्यार्थीहरुलाई मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेत, अदिती घिमिरे कप खेलकुद प्रतियोगिताको सहयोगि रेखा शर्मा घिमिरे लगायतले सिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
मन्थली माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष जगदीश सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा मन्थली माविका प्रधानाध्यापक टंकप्रसाद दाहाल, विद्यालयक पुर्वप्रधानाध्यपक गुञ्जबहादुर श्रेष्ठ लगायतले बोलेका थिए । वक्ताहरुले यस्ता खेलले मानिसहरुको मानसिक तथा शारिरिक विकासमा सहयोग पुग्ने बताए । कार्यक्रममा बोल्दै मन्थली नगरपालिका प्रमुख रमेश बस्नेतले मन्थली माविलाई नगरपालिकाको नमुना विद्यालय बनाउन नगरपालिकाले जस्तो सुकै सहयोग गर्ने पनि तयार रहेको बताए ।