काठमाडौं – सुदूरपश्चिमको कला, संस्कृति र सभ्यता झल्काउने फरक शैलीको दुर सुदुरका मौलिक कला संस्कृति,आफ्नै गाउँ परिबेशका मौलिक भाकाको सधै जग्रेना गर्नु पर्छ । संसारको जुनसुकै ठाँउमा रहे पनि आफ्नो कला संस्कृतिको पहिचान गर्नु पर्छ ताकी आउने नयाँ पिडिले पनि गर्भका साथ भनोस मेरो मौलिक संस्कृति म बचाउछु । देउडा भनेको नेपालको सुधुरपश्चिमी र मध्यपश्चिम भेगतिर गाईने निकै चर्चित भाका हो, यसले सुदुरपश्चिमको सास्कृतिक माहोल र सस्कृति झल्काउछ । देउडा भाका विशेष गरि चाडपर्व बन पाखा र बिभिन्न महत्वपूर्ण कार्यक्रममा आफ्नो सस्कृति झल्काउन गाईने र नाच देखाउने गरिन्छ ।
गायक तथा संचारकर्मी शंकर सिंह बिष्ट भन्नु हुन्छ : पछिल्लो समय आएर नेपालि लोक संगीत र मौलिक डेउडा सस्कृति छाया पर्दै आएको छ । डेउडा गीतको नाम जोडेर बिभिन्न खालका गित बजारमा आएका तम्रा हाम्रा भनेर ठेट शब्द ल्याउदैमा त्यो डेउडा गित हुदैन । एक चोटी बुझ्न जरुरि छ मौलिक डेउडा मौलिक सृजना,सस्कृति के हो त् यसै बिषयलाई लिएर गायक तथा संचारकर्मी शंकर सिंह बिष्ट यस्तो भन्नुहुन्छ ।
हेर्नुहोस भिडियो :
गीतमा तम्रा हाम्रा भनेर ठेट शब्द राख्दैमा डेउडा मौलिक सस्कृतिको जग्रेना हुदैन त्यो डेउडा गित पनि होइन – गायक तथा संचारकर्मी शंकर सिंह बिष्ट
- प्रकाशित मिति: आइतबार, पुष २२ २०७५
- तामाकोशी